इस्टर्न ओपन मंगलबारदेखि धरानमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रोफेसनल गल्फर एसोसिएसन (एनपिजिए) को आयोजनामा हुने सूर्य नेपाल गल्फ टुर, २०२२-२०२३ को सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरानमा सुरु हुँदैछ । विभिन्न आठ प्रतियोगिता समावेश टुरअन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि धरान गल्फ क्लबमा हुने एनपिजिएका महासचिव दीपक आचार्यले जानकारी दिनुभयो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा कम्तीमा ३२ व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । यसमा धरान (स्थानीय) नै सात प्रो गल्फर छन् । प्रतियोगिताको कुल पुरस्कार राशि सात लाख ७५ हजार रुपैयाँ छ । ३० डिसेम्बरसम्म ५४ होलसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ९० हजार तथा तेस्रो हुनेले ६७ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै, चौथोदेखि शीर्ष २१ ले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

प्रोतर्फ स्थानीय शुक्रबहादुर राईसँगै भुवन नगरकोटी, जयराम श्रेष्ठ, मणिराज राई, सञ्जय लामा र धन थापालाई मुख्य दावेदारका रूपमा हेरिएको छ । अन्तिम दिन १८ होलमा खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?