‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ सांगीतिक कार्यक्रम सम्पन्न

Read Time = 4 mins

पोखरा । पोखरामा ‘नेपाली आधुनिक संगीतमा १०० वर्ष’ सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली आधुनिक संगीतको इतिहासबारे जानकारीमूलक उक्त कार्यक्रम एक घण्टा ३० मिनेट रहेको थियोे ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा भएकोे उक्त कार्यक्रममा अध्यक्षता प्रतिष्ठानका संगीत विभाग प्रमुख तथा कार्यक्रमका संयोजक प्राज्ञ अशोककुमार राईले गर्नुभएको थियोे भने कुलपति नारायण भक्त श्रेष्ठ ‘रायन’ प्रमुख अतिथि, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बेखर्ची वशेष अतिथि रहनुभएको थियोे ।

स्थानीय व्यावस्थापक गण्डकी प्रज्ञा प्रतिष्ठानकका सदस्यसचिव मनकुमार श्रेष्ठले सञ्चालन गर्नुभएको सो ऐतिहासिक कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोट, प्राज्ञ हरिदेवी कोइराला, प्राज्ञ प्रजापति पराजुली, प्राज्ञ सरला पण्डे, प्राज्ञ कृष्णप्रसाद पौडेल, प्राज्ञ डिलकुमारी पौडेल, प्राज्ञ जयकुमार परियार, प्राज्ञ गजबहादुर गुरुङ, सचिव हेमराज सुवेदी, शिक्षा संस्कृति सामाजिक विकास, डा.सोम सापकोटा प्रमुख जिपान्ट, अशोक पालिखे अध्यक्ष नेवा खल साथै गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, सहित्यकार छवि सुवेदी र कार्यक्रमका आलेख लेखक बुलु मुकारुङलगायत विभिन्न संघ तथा वाङ्मय संस्थाहरूका अध्यक्षहरूको उपस्थिति थियोे ।

ADVERTISEMENT

२९ वटा प्रस्तुति रहेको उक्त कार्यक्रममा तरेली सांस्कृतिक परिवारका नृत्य कलाकारले नेपाली चलचित्रको सांगीतिक इतिहासलाई सम्बोधन गर्दै चलचित्र माईतीघरबाट ‘वसन्त नै बस्न खोज्छ’ र चलचित्र प्रेमपिण्डबाट ‘गैरी खेतीको शिरै हान्यौं’ बोलको गीतमा नृत्य प्रस्तुति गर्नु भएको थियोे । नृत्यको संयोजन गण्डकी प्रज्ञा प्रतिष्ठानबाट भएकोे थियोे ।

सो कार्यक्रममा ऐतिहासिक सिर्जनाहरूलाई कुन्ती मोक्तान, भीषण मुकारुङ, निसा देसार, दुर्गा परियार, सञ्जय तुम्रोक, साजन राई, रूपक चौधरीले प्रस्तुति दिनुभएको थियोे भने शिलाबहादुर मोक्तान, मनोहर सुनाम, भरत नेपाली, भरत बुढाथकी, गोपालदेव घतानी, धनबहादुर गुरुङ, नरेश प्रजापति, पोषन घर्तीले बाध्यवादनमा साथ दिनुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *