काठमाडौं । सरकारी सार्वजनिक जग्गा व्यक्तिको नाममा सारेको आरोपमा १४ जनामाथि मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारी जग्गा व्यक्तिको नाममा सारेको आरोपमा मुद्दा दर्ता भएको जानकारी दिनुभएको हो । नापी कार्यालय भैरहवाका अधिकृत ध्रुवराज मरासिनी, विन्देश्वर यादव, सर्वेक्षक ठाकुरप्रसाद गैरेले सार्वजनिक जग्गा निजी जग्गामा घुसाउने गरी फायल नक्सा तयार गरेको आरोप लागेको हो ।
सो नक्सा बिक्री गर्ने प्रथम तहका जग्गा धनी कृष्णप्रसाद पोखरेल, हाल कायम जग्गाधनी पार्वता अधिकारी पौडेल, तिलादेवी पौडेल, डिलमाया पुन, ऋषिराम विश्वकर्मा, कमला पन्थी, मिना कार्की, सिता घिमिरे, दयानिधि न्यौपाने, खिमा खनाल र पार्वती घिमिरेले सार्वजनिक जग्गाको हक छाड्न तयार नभएको आरोप छ ।
दश लाख ६५ हजार २०५ रुपैयाँ बराबरको उक्त सरकारी सार्वजनिक जग्गा घुसाई फाइल तयार गर्ने र खरिदबिक्री गर्ने व्यक्तिको हकमा ऐन बमोजिम माग दाबीसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements