महोत्तरीमा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

महोत्तरी । महोत्तरीको बर्दिवासबाट मोटरसाइकल चोरी गर्ने गर्ने गिरोह पक्राउ परेको छ । मकवानपुरको बकैया बस्ने अमर भनिने तीर्थमान लामा र बारा सिमरा जितपुर बस्ने अमृत भनिने बुद्ध वाइवालाई सामेबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

औरही-बर्दिबास सडक खण्डको पसल अगाडि पार्किङ गरेर राखेको पल्सर बाइक हराएपछि खोजतलास गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गौरिडाँडाका कार्यालय प्रमुख रवि रावलले जानकारी दिनुभयाे ।

ADVERTISEMENT

बर्दिबास क्षेत्रमा धेरै बाइक चोरी हुन थालेपछि प्रहरीले केही समयदेखि सक्रियता बढाउँदै आएको छ । पक्राउ परेका दुवैजनाबाट चोरीका बाइकको विषयमा थप रहस्य खुल्न सक्ने प्रहरीको अनुमान छ । अस्थायी रूपमा सर्लाहीको बागमती बस्ने दुवैजना अहिले प्रहरी हिरासतमा छन् ।

जिल्ला अदालत महोत्तरीवबा १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रियालाई तीव्र बनाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनाबाट प्रहरीले बा५५प ७९२२ नम्वरको बाइकसमेत बरामद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *