धादिङका तीन होटल कारबाहीमा

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । जिल्ला अनुगमन समिति धादिङले पृथ्वीराजमार्ग अन्तर्गत धादिङका तीन होटललाई कारबाही गरेको छ । चाड पर्व लगायत विभिन्न समयमा गरिएको अनुगमनको क्रममा समितिले दिएको सुझाव नमानेको भन्दै ती होटलाई कारबाही गरिएको जिल्ला अनुगमन समिति धादिङले जनाएको छ ।

कारबाही हुने होटलहरुमा धादिङको गल्छी गाउँपालिका वडा नम्बर ७ भल्टारमा रहेको जुनतारा रेष्टुरेन्टलाई रु १५ हजार, होटल लुम्बिनीलाई रु १५ हजार र जाल्पा रिसोर्ट एन्ड स्टाफ भोजनालयलाई रु २० हजार रुपैयाँ जरिवानास्वरुप कारबाही गरिएको जिल्ला अनुगमन समितिका संयोजक राजन घिमिरेले जानकारी दिनुभयो ।

केही महिना अघि बजार अनुगमन टोलीले दिएको सुझाव र निर्देशन पालना नगरेको, होटलका भान्सा सफा नरहेको, म्याद नाघेका सामानहरु बिक्री वितरण गरिएको पाइएको थियो । पछिल्लो समय पृथ्वीराजमार्गका अधिकांश होटल सञ्चालकहरुले यात्रुहरुसँग चर्को मूल्य असुली गर्ने गरेको गुनासो आएसँगै जिल्ला अनुगमन समिति धादिङले होटलहरुको अनुगमन गर्दै आईरहेको छ ।

ADVERTISEMENT

अनुगमनको क्रममा राजमार्गका होटलहरुले मनमानी रुपमा मूल्य असुली गरेको, मूल्य सुची टाँस नगरेको म्याद नाघेको बस्तु विक्री वितरण गरेको पाइएको थियो । त्यस्तो होटलहरुलाई सुझाव तथा यस्तो कार्य नगर्न आग्रह समेत गरिएको थियो ।

जिल्ला अनुगमन समितिले नियमित रुपमा बजार अनुगमन गर्दै आए पनि राजमार्गक्षेत्रका होटलहरुले दिइएको निर्देशन पालना नगरी अटेर गरेको, बढी मूल्य लिने गरेको, सरसफाइमा ध्यान नदिएको गुनासो नागरिकले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज