काठमाडौं । नेपालमा होटल तथा रेष्टुरेन्टको संख्या झण्डै डेढ लाख अर्थात् एक लाख ४२ हजार दुई सय २३ पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०७९/०८० भित्र गरेको सर्वेक्षणअनुसार आवास तथा भोजन सेवा प्रदान गर्ने होटल तथा रेष्टुरेन्टको संख्या एक लाख ४२ हजार दुई सय २३ रहेको देखिएको हो । उक्त संख्यामा रहेका होटल तथा रेष्टुरेन्ट सञ्चालकको संख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको पनि तथ्यांक कार्यालयले जनाएको छ ।
सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टले करिब दुर्ई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब तीन खर्ब २६ अर्ब एक करोड चार लाख बराबरको सेवा उत्पादन गरेका छन् ।
कार्यालयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशभरका उक्त होटल तथा रेष्टुरेन्टमा काम गर्नेको संख्या एक लाख छ हजार चार सय ५९ रहेको छ । सो अवधिमा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानहरूले कार्यरत तलबी कामदारका लागि तलब ज्याला र सुविधामा करिब २० अर्ब ६१ करोड ५० लाख खर्च गर्ने गरेको पनि तथ्यांकले देखाएको छ ।
सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टले करिब दुई खर्ब १६ अर्ब ७३ करोड ८३ लाख मूल्य लागत गरी करिब तीन खर्ब २६ अर्ब एक करोड चार लाख बराबरको सेवा उत्पादन गरेका छन् । ती होटल तथा रेष्टुरेन्टले नेपालको अर्थतन्त्रमा करिब एक खर्ब नौ अर्ब २७ करोड एक लाख बराबरको मूल्य अभिवृद्धि गरेका छन् । देशभर सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टको करिब पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख बराबरको स्थायी सम्पत्ति रहेको छ ।
त्यस्तै, होटल तथा रेष्टुरेन्टमध्ये करिब २८.४ प्रतिशतले वित्तीय संस्थासँग ऋण लिएका र ७१.६ प्रतिशत प्रतिष्ठानको ऋण नभएको÷नलिएको देखिएको छ । उल्लेखित प्रतिष्ठानहरूमा होटल, रिसोर्ट होटल, अपार्टमेन्ट होटल, मोटल, मोटर होटल, पाहुनाघर, धर्मशाला, पेन्सन्स आवास, बिछ्यौना र खाजा, होलिडे होम, कटेज क्याबिन, युवा आवास तथा हिमाली आश्रयलगायत रहेका छन् । सर्वेक्षणमा पाँचतारे होटलदेखि सडकको छेउमा हुने खाजा पसलसम्म समेटिएका छन् ।
देशैभर आवास तथा भोजन सेवा दिने प्रतिष्ठानमध्ये रेष्टुरेन्टको मात्रै हिस्सा ८८ प्रतिशत रहेको छ । बाँकी रहेको १२ प्रतिशत प्रतिष्ठानमात्रै तारे होटल, लज र अन्य भोजन सेवा गर्ने निकाय रहेका छन् । उल्लेखित होटल रेष्टुरेन्टमध्ये तारे होटल एक सय २६, तारे नभएका र लज ११ हजार नौ सय १९, रिसोर्ट एक सय २६, होमस्टे एक हजार तीन सय ४५, रेष्टुरेन्ट एक लाख २६ हजार आठ सय ५९ र क्याटरिङ÷पार्टी प्यालेस आठ सय एकवटालाई आधार मानेर तथ्यांक विश्लेषण गरिएको हो । हाल सञ्चालनमा रहेका होटल तथा रेष्टुरेन्टमध्ये कोशी प्रदेशमा २५ हजार आठ सय ८७, मधेशमा ११ हजार सात सय ४०, बागमतीमा ५२ हजार एक सय २३, गण्डकीमा १६ हजार नौ सय ७६, लुम्बिनीमा २० हजार एक सय ५६, कर्णालीमा सात हजार एक सय १० र सुदूरपश्चिम प्रदेशमा आठ हजार दुई सय २८ रहेका तथ्यांकमा उल्लेख छ ।
तथ्यांक कार्यालयले होटल क्षेत्रको सर्वेक्षण २० वर्षपछि गरेको हो । यसअघि २०६० सालमा गरिएको ‘होटल तथा लज सर्वेक्षण २०६०’ मा तारे होटल, रिसोर्ट, गैरतारे होटल समावेश गरिएका थिए ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा