च्यातिएको त्रिपालमुनी रात काट्न बाध्य सुकुम्बासी बृद्धहरु, स्थानीय सरकार मुकदर्शक

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगाका सुकुम्बासीहरु अहिले घरबारबिहिन भएका छन् । बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ जुरेढुंगा निवासी ७९ वर्षीया चन्द्रमायाँ दमै, उनको छोरा ६४ वर्षीय गोपाल दमै ६४ वर्षदेखि घरबारबिहीन भएका हुन् ।

सुकुम्बासी परिवारमा खानेकुराको अभाव हुँदा अहिले मृत्युको मुखमा पुग्दा समेत स्थानीय सरकार मुकदर्शक बनेर बसिरहेकाे छ । पंचायतकालदेखि नेता बनेर बहुदल आएपछि निरन्तर राज्यशक्तिको श्रोतको हालीमुहाली गरिरहेका एक नेता हुनुहुन्छ राजेन्द्र पाण्डे । तर उहाँले समेत केही गर्न सक्नुभएकाे छैन ।

यस्तै प्रदेश सांसद मायाँ शर्मा अहिले पनि यहि बस्नु हुन्छ । एमाले माओवादी र नेपाली काँग्रेसका नेताहरु समेत यस वडामा हुनुहुन्छ तर यो सुकुम्बासी परिवार खान नपाएर छटपटाउँदा र बास नपाउँदा समेत देखेर पनि नदेखेजस्तो गरिरहेको प्रष्ट छ । तिनचार दिनको भोको, वृद्ध मानिस ठाडो बस्न समेत नहुने, दुई तिन पाता प्वालनै प्वाल भएको जस्ता, च्यातिएको त्रिपालमुनी एउटा म्याट र पातलो सानो चाइनिज कम्बलको भरमा जिन्दगी कटाउँदै आउनु भएका चन्द्रमायाँको ६४ वर्षको छोरोकाे पनि पानी चुहिने त्रिपाल मुनी नै बास छ ।

ADVERTISEMENT

चन्द्रमायाँको आमा सेती दमै आएर हाइड्रोपावर इन्जिनियर विश्व कँडेलको बाबु छँदा उनिहरुको जग्गामा काम गर्ने र बस्ने गरि बसेको र पछि घर बनाउने जग्गा दिउँला भनेर अहिलेसम्म नपाएको चन्द्रमायाँले बताउनुभयो ।

केही समयअघि इन्जिनियर कँडेलले तेजनाथ पाण्डेलाई सो क्षेत्रको जग्गा विक्री गरेपछि सुकुम्बासी परिवार मृत्युको मुखमा पुगेर पनि बाँच्ने आधार खोजिरहेको छ । चन्द्रमायाँले आफू जवान हुँदा जग्गावालालई पैसा दिएको र जग्गा दिउँला भनेर साहुले कागज समेत गरेको तर अहिले जग्गा समेत बेचेर हिडेपछि अहिले गरिबको लागि कोही नभएको चन्द्रमायाँको भनाइ छ ।

गरिब सुकुम्बासीका लागि काम गर्ने बताएर उनिहरुको भोट लिने गरेपनि अति विपन्न र सुकुम्बासीका लागि काम नै नगरेकोले स्थानीय, प्रदेश वा संघीय सरकारले चन्द्रमायाँ दमैको परिवारको लागि बासबस्ने जमिन, उपचार र टाउको लुकाउने बासको व्यवस्था गर्नु नियमित सहयोग गर्दै आउनुभएका साबित्रा कँडेलले बचाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?