काठमाडौं । सहकारी अभियन्ता केबी उप्रेतीको ‘केबी उप्रेती आत्मकथा’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच पूर्वमन्त्री लीलामणि पोखरेल, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाईं, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडी, बैंकका सल्लाहकारहरू केशव निरौला, राधा घलेलगायत अतिथिहरूले संयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो । पुस्तकको समीक्षा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहालले गर्नुभएको थियो ।
सहकारी क्षेत्रमा विगत २५ वर्षदेखि विभिन्न केन्द्रीय भूमिकामा रही अनवरत योगदान पुर्याउनुभएका उप्रेतीको व्यक्तिगत र सहकारी जीवनसँग जोडिएका संघषपूर्ण, रोचक र प्रेरणादायी घटनाहरू समेटेर आत्मकथा पुस्तक प्रकाशन भएको हो ।
राष्ट्रिय सहकारी महासंघ लि.नेपालका सञ्चालक एवं राष्ट्रिय सहकारी बैंक लि.का अध्यक्षसमेत रहनुभएका उप्रेतीको सार्वजनिक पुस्तक तीन खण्डमा विभाजित गरिएको छ । पुस्तकलाई नेचुरल मिडिया र गु्रप अफ वर्तमान मिडियाले प्रकाशन गरेको हो । २८८ पृष्ठको पुस्तकको मूल्य ५९९ राखिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts