तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलौलीलाई

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 1 min

बैतडी । बैतडीमा सञ्चालन भएको मेनेजर तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । बुधबार भएको फाइनल खेलमा दशरथचन्द नगरपालिकालाई तीन-एकको सोझो सेटले पराजित गर्दै मेलौलीले उपाधि जितेको हो ।

पहिलो सेट २५-२३ ले दनपाले आफ्नो पक्षमा पारेकोमा त्यसपछिका तीनै सेट मेलौलीले आफ्नो पक्षमा पारेको थियो । २५-२१, २५-१९ र २५-१६ ले आफ्नो पक्षमा पार्दै मेलौलीले उपाधि पक्का गरेको हो ।

ADVERTISEMENT

उसले एक लाख २५ हजार नगद र ट्रफी हात पारेको छ । उपविजेता बनेको दशरथचन्द नगरपालिकाले नगद ७५ हजारसहित ट्रफी हात पारेको छ । तेस्रो स्थान हासिल गरेको पाटन नगरपालिकाले ३५ हजार नगदसहित ट्रफी प्राप्त गरेको छ ।

मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मंसिर २५ गतेदेखि दशरथचन्द नगरपालिका ५ को दशरथचन्द खेलमैदान सुन्दरखालीमा प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा आयोजकसहित १० टिमले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *