पुस १ गतेदेखि कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । कालिका मानवज्ञान माध्यमिक विद्यालयमा पुस १ गतेदेखि कालिका रनिङ शिल्ड प्रतियोगिताको दोस्रो संस्करण हुने भएको छ । विद्यालयको ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवससहित रनिङशिल्ड प्रतियोगिता हुन लागेको हो ।

रुपन्देहीका ४५ वटा विद्यालयका २ हजार ४ सय बढी विद्यार्थी सहभागी हुने प्रतियोगितामा छात्र तथा छात्रातर्फ विभिन्न विधाका प्रथियोगिताहरु सञ्चालन गरिने भएको हो । पुस १ देखि ७ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी प्रतियोगिता बारे जानकारी गराउन मँगलबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा रनिङ शिल्डको अनावरण गरिएको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले रनिङ शिल्ड अनावरण गर्दै खेलकुदमा लुम्बिनी प्रदेशमा अझै पनि नीतिगत र संरचनागत अभाव रहेको बताउनु भयो ।

खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको दुःखेसो गर्दै उहाँले प्रदेश संरचनामा खेलकुद गतिविधि अघि बढ्न नसकेको बताउनु भयो। खेलकुदलाई पर्यटन ब्यवसायसँग जोडेर अघि बढाउने गरी सरकारको योजना ल्याउनुपर्ने उहाँले बताउनु भयो । उमेर समूहको खेलाडी उत्पादनको आधार मानिने विद्यालय, नगर र जिल्लास्तरका प्रतियोगिताको बीचमा समन्वय अभाव देखिएको बताउनुभयो । अझै पनि प्रदेशभित्र बन्ने पूर्वाधारमा समस्या र कर्मचारी समायोजनको जटिलता रहेको उहाँकाे भनाइ थियाे ।

ADVERTISEMENT

विद्यालयका प्रधानाध्यापक दिनेश थापाले प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी दिनुभयाे । वि.सं. २०४६ सालमा नगरस्तरीय रनिङशिल्ड खेलाइएको ईतिहास विद्यालयको रहेको उहाँले बताउनु भयो। । २०७८ पछि भने जिल्लास्तरीय रुपमा खेलाउन थालिएको विद्यालयले छ । प्रतियोगितामा २४ स्वर्ण, २४ रजत र २४ कास्य पदक गरी ७२ पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगद ५० हजार, ३० हजार र २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

सप्ताहव्यापी खेल गतिविधिमा अन्तर विद्यालय छात्र/छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, ट्रयाकतर्फ सय, दुई सय, चार सय, ८ सय तथा १५ सय मिटर दौड प्रतियोगिता हुने छ ।

यसैगरी फिल्डतर्फ लङजम्प, ट्रिपल जम्प, सटपुट प्रतियोगिता हुनुका साथै विभिन्न दूरीका रिले दौड हुने आयोजकले जनाएको छ । विद्यालयका अध्यक्ष होमबहादुर गलामीले शैक्षिकसँगै अन्य गतिविधिमा समेत विद्यालय निरन्तर अघि बढेको बताउनु भयो । विद्यालयको भवन निर्माणसंगै खेलग्राम अभाव देखिएको बताउनु भयो । नजिकै सार्वजनिक जग्गामा खेलग्रामको पहल गरेपनि सफल हुन नसकेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बुटवल कालिका कलेजका प्राचार्य घनश्याम पाठक, रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजेन्द्र श्रेष्ठ, विद्यालयका खेलकुद संयोजक हरिस ओलीले विद्यालयमा शैक्षिकसंगै खेलकुद गतिविधिबाट विद्यार्थीहरुमा सकारात्मक प्रभाव देखिने बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?