मिसेस नेपाल वर्ल्ड दिक्षा केसी अमेरिका प्रस्थान

Read Time = 2 mins

काठमाडौं । मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिका प्रस्थान गरेकी छन्। आगामी १७ डिसेम्बरमा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्न आइतबार राति उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरूबीचको सर्वाधिक ठूलो र प्रतिष्ठित प्रतियोगितामा पर्दछ । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलियालगायतका महादेशबाट ६० भन्दा बढी राष्ट्रहरूका विवाहित सुन्दरीले स्पर्धा गर्दैछन्।

ADVERTISEMENT

मानसिक स्वास्थ्यको क्षेत्रमा सामाजिक कार्य गर्दै आइरहेकी दिक्षाले मिसेस वर्ल्डमा यससम्बन्धी आफ्नो प्रोजेक्ट प्रस्तुत गर्दैछिन् । उनले सुपी रसाइली र मनिष राईले तयार पारेको राष्ट्रिय पोसाकदेखि अन्य आकर्षक पहिरनमा आफूलाई प्रतियोगितामा उतार्नेछिन्।

स्टेला द मेक अप स्टुडियोको शृंगारमा प्रस्तुत हुन लागेकी दिक्षाको मेकअप हाल अमेरिकामै बसोबास गर्दै आइरहेकी नेपालकी चर्चित मेकअप आर्टिष्ट सोफी सुनवारले गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?