चार खेलाडीले एसियन च्याम्पियनसिप छनोट खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडौं । नेपालका संयोग कपाली, रुविन महर्जन, बिनेश खनियाँ र नविता श्रेष्ठले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागिता जनाउनुहुने भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को समूह शीर्षस्थानमा रहँदै चार खेलाडीले एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा स्थान बनाउनुभएको हो ।

संयोग कपालीले लगातार दोस्रो जित निकाल्ने क्रममा माल्दिभ्सका मुसा मुन्सिफ अहमेदलाई तीन-एकको सेटमा पराजित गर्न सफल हुनुभयो । पहिलो खेलमा संयोगले बंगलादेशका मोहम्मद नाफिज इक्वाललाई सोझो सेटमा पराजित गर्नुभएको थियो । समूह ‘डी’ मा संयोग चार अंक सहित शीर्षस्थानमा रहनुभयो ।

रुविन महर्जनले आफ्नो दोस्रो खेलमा पाकिस्तानका मुहम्मद शाह खानलाई तीन-एकको सेटमा पराजित गर्नुभयो । समूह ‘सी’ को पहिलो खेलमा रुविनले श्रीलंकाका भुवनेका निर्मल बान्देरा जयासिंघीलाई सोझो सेटमा पराजित गर्नुभएको थियो ।

दुई खेलमा जित निकाल्दै समूह ‘एफ’ बाट बिनेश खनियाँ छनोट हुनुभएको छ । शीर्षस्थानमा रहने क्रममा बिनेशले बंगलादेशका फहाद खवाजा र रामहिमलियनलाई पराजित गर्नुभएको थियो ।

शिवसुन्दर गोथेले बंगलादेशका रिवन खानलाई पराजित गर्दै छनोट हुने सम्भावना कायम राख्नुभएको छ । समूह ‘ए’ मा शिवको दुई अंक छ । यसैगरी समूह ‘इ’ मा रहनुभएका प्रदीप रोका श्रीलंकाका प्रसाद जयशंका डि सिल्भासँग पराजित भए पनि सम्भावना कायमै राख्नुभएको छ ।

महिलातर्फ शुक्रबार नै भएको समूह ‘एच’ को खेलमा नविताले बंगलादेशकी कोइ कोइ साइ मार्मालाई तीन-एकको सेटमा पराजित गर्नुभयो । लगातार दुई सेट ११-९, ११-६ ले जित्नुभएकी नविताले तेस्रो सेट ४-११ ले गुमाउनुभएको थियो । तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै नविताले सेट ११-७ ले जित्नुभएको हो ।

ADVERTISEMENT

प्रतियोगिताको महिलातर्फ नविता नेपालबाट एसियन च्याम्पियनसिपमा छनोट हुने एक्लो खेलाडी बन्नुभयो । अब एसियन च्याम्पियनसिप छनोटमा सफल भए नविताले विश्व च्याम्पियनसिपमा सहभागी हुन पाउनुहुनेछ ।

समूह ‘एच’ मा नविताले दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा रहनुभयो । यसअघि नविताले पहिलो खेलमा श्रीलंकाकी तमादी काभिध्यालाई सोझो सेटमा पराजित गर्नुभएको थियो । सहज जित निकाल्ने क्रममा नविताले ११-३, ११-९ र १२-१० ले जित हासिल गर्नुभएको हो ।

यसैगरी महिलातर्फकै खेलमा समूह ‘ए’ बाट भारतकी मनिका बट्रा, समूह ‘बी’ बाट भारतकी श्रीजा अकुला, समूह ‘सी’ बाट भारतकी रिथ रिस्या टेनिसन, समूह ‘डी’ बाट भारतकी अर्चना गिरिस कमाथ, समूह ‘इ’ बाट भारतकी दिया पाराङ चितल, समूह ‘एफ’ बाट भारतकी विमन्दी सन्दिन्सा स्वा र समूह ‘एच’ बाट माल्दिभ्सकी फाथिमथ धिमा अलि छनोट हुनुभएको छ ।

आठ खेलाडी छनोट भइसक्दा बाँकी आठ खेलाडीको छनोट हुन बाँकी छ । वरीयता ९ देखि १६ सम्मको छनोट हुन बाँकी छ । यस वरीयतामा नेपालका खेलाडीले स्थान बनाउन असफल भएसँगै एसियन च्याम्पियनसिप छनोट खेल्ने सम्भावना लगभग सकिएको छ । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठले १७ देखि २४ वरीयतासम्म प्रतिस्पर्धा गर्नुहुनेछ ।

एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट हुनेछन् । नेपालबाट भने पाँच-पाँच खेलाडी छनोटमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?