पौडी टोली अस्ट्रेलिया प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । फिना विश्व पौडी च्याम्पियनसिपको १३औँ संस्करणमा सहभागी हुन चार खेलाडीसहित ६ सदस्यीय नेपाली पौडी टोली शनिबार अस्ट्रेलियाको मेल्बर्न प्रस्थान गरेको छ । डिसेम्बर १३ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५० र १ सय मिटर बे्रस्टस्ट्रोकमा विकास कुमाल र १०० र २०० मिटर फ्रिस्टायलमा एल्भिन श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । महिला ५० र १०० मिटर फ्रिस्टायलमा अनुसिया तण्डुकार तथा ५० मिटर ब्याकस्ट्रोक र बटरफ्लाइमा रोशा न्यौपानेले सहभागिता जनाउनुहुनेछ ।

प्रशिक्षकमा पौडीका मुख्य प्रशिक्षक शंकर कार्की तथा व्यवस्थापकमा नेपाल पौडी संघका महासचिव जगत्मान श्रेष्ठ रहनुभएको छ । प्रशिक्षक कार्कीले प्रतियोगिताले आगामी दक्षिण एसियाली खेलकुद र एसियाली खेलकुदको तयारीका लागि खेलाडीको मनोबल उच्च पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

महासचिव श्रेष्ठले प्रतियोगिताका दौरान हुने फिनाको विशेष साधारणसभामा पनि भाग लिनुहुनेछ । टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?