क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले दिए राजीनामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा क्रोएसियासँग हारेपछि ब्राजिलका प्रशिक्षक टिटेले पद छाड्ने घोषणा गरेका छन् ।

प्रतियोगिता सुरु हुनुअघि नै प्रशिक्षकले जस्तोसुकै नतिजा आएपनि आफू जिम्मेवारीमा नरहने बताएका थिए । ६१ वर्षीय प्रशिक्षक पछिल्लो ६ वर्षदेखि राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिरहेका थिए । उनले सन् २०१९ मा कोपा अमेरिका उपाधि दिलाएपनि विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न सकेनन् ।

ADVERTISEMENT

‘यो निकै कठिन निर्णय हो,’ क्रोएसियाविरुद्ध हारपछि टिटेले भने, ‘एउटा यात्रा सकिएको छ । मैले डेढ वर्ष अघिदेखि यो जानकारी दिएको थिएँ । मलाई पूर्ण यात्रा गर्नु थियो र यसक्रममा थुप्रै अविस्मरणीय क्षण पनि रहे ।’

टिटेको प्रशिक्षणमा ब्राजिलले ८१ खेल खेल्दा ६१ जित हासिल गरेको थियो । १३ खेल बराबर हुँदा ७ खेलमा भने टोली पराजित भयो । उनको नेतृत्वमा ब्राजिलले २०१९ मा कोपा अमेरिका जितेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?