काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यू-१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता नेपालमा शनिबारदेखि सुरु हुने भएको छ । दुईदिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा पुरुषमा आठ र महिलामा पाँच टिमको सहभागिता रहनेछ । रग्बी संघका महासचिव चेतनराज गिरीका अनुसार पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्याण्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा नेपाल, भारत, युएई, मलेसिया र थाइल्याण्डले राउण्ड रोविन लिगका आधारमा खेल्नेछन् । राउण्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोली पुनः उपाधिका लागि भिड्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र वृद्धिमा टेवा पुर्याउन पनि महत्वपूर्ण योग्दान पुर्याउने धारणा व्यक्त गर्नुभयो ।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न एक करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराउनुभयो । उहाँका अनुसार बाँकी रकम एसिया रग्बीले बेहोर्नेछ । नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गर्नुभयो ।
नेपालका तर्फबाट सहभागिता जनाउने खेलाडीहरूको पुरुषमा रोहन डंगोल (कप्तान), मनिष हिङमांग (उप कप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवि राई र प्रसेश पनेरु रहनुभएको छ । यस्तै, महिलामा मनिषा घिसिङ (कप्तान), सुजा राई (उप-कप्तान), विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बलमपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच