अमेरिककी द भ्वाइसको अन्तिम आठबाट बाहिरिन् परिजिता

Read Time = 2 mins

काठमाडौं । नेपाली मूलकी किशोरी परिजिता बाँस्तोला अमेरिकी संस्करणको टीभी रियालिटी शो ‘द भ्वाइस’को अन्तिम आठबाट बाहिरिनुभएको छ ।

परिजिताले गत सोमबार डिसेम्बर ५ का दिन सशक्त प्रस्तुति गरे पनि उहाँ सेमिफाइनलबाट बाहिरिनुभएको हो । आज भएको घोषणामा ८ जना मध्ये ४ जना बाहिरिएका थिए ।

बाहिरिएका सबैलाई एक चोटी गीत गाउने मौका दिइएको थियो । ४ जनाले गीत गाएको ५ मिनेट भित्रमा मतदान गर्न लगाइएको थियो ।

ADVERTISEMENT

परिजिता ४ भित्र नपरे पछि उहाँले बेजोड प्रस्तुति गरेता पनि फाइनलमा प्रवेश गर्न असफल हुनुभयो । उहाँको यात्रा यही टुंगिएको छ ।

उहाँले मतमा हारे पनि दर्शकको मनमा भने विजयी हासिल गर्नुभएको छ । उहाँले सबैको मन जित्न सफल हुनुभएको छ ।

गत सोमबार उहाँले अस्ट्रेलियाली गायिका तथा गीतकार सिया केट इजाबेल फर्लरको अनस्टपेवल गीत गाउनुभएको थियो । अमेरिकी द भ्वाइसको २२ औँ संस्करणमा १७ वर्षीया परिजिता बाँस्तोला ८ प्रतिस्पर्धीहरूमा उहाँको प्रस्तुति उत्कृष्ट मध्येकै एक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *