काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम बुझाउनु भएको छ ।
दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुनु हो । आयोगले स्वास्थमन्त्री भवानी खापुङलाई पाँच जरिवाना गरे पनि बुझाउनु भएको छैन ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता