स्वरसम्राट नारायण गोपालको ३२औँ स्मृति दिवस आज

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

 

काठमाडौं । स्वरसम्राट नारायण गोपालको ३२औँ स्मृति दिवस आज मनाइँदै छ ।

दिवसको अवसरमा नेपाल संगीत प्रज्ञा प्रतिष्ठान तथा नारायण गोपाल संगीत विद्यालयलगायत संघ संस्थाले विभिन्न कार्यक्रमहरू गर्दैछन् ।

नेपाली आधुनिक गीत संगीतको दुनियाँमा अद्भूत छाप छाड्न सफल नारायण गोपालको वि.सं. २०४७ साल मंसिर १९ गते निधन भएको थियो ।

ADVERTISEMENT

काठमाडौं किलागलमा विक्रम संवत् १९९६ असोज १८ गते उहाँको जन्म भएको थियो। शास्त्रीय संगीत साधक पिता आशागोपाल गुरुवाचार्यको छत्रछायामा रहेर उहाँ संगीततर्फ आकर्षित हु नु भएको थियो।

तर शास्त्रीय संगीत छाडेर आधुनिक गीततर्फ लागेपछि आशागोपाल उहाँसँग रुष्ट हु नु भयो। तर बुबाकै इच्छा पूरा गर्न नारायणगोपालले पछि भारतको बरोडा गएर शास्त्रीय संगीत सिक्नु भयो ।

२० को दशकको उत्तरार्धतिर उहाँले रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नु भएको थियो । ३० वर्ष लामो गायनयात्रामा उहाँले १३७ गीत गाउनु भएको छ । आधुनिक गीतका साथै उहाँले केही चलचित्रमा समेत आफ्नो आवाज दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *