दुई लाख ५० हजार बढीको घरेलु मदिरा नियन्त्रण

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । बारा प्रहरीले दुई लाख ५० हजार बढीको अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उपमहानगरपालिका-३ स्थित ललका पुलमा शनिबार अमलेखगञ्जबाट जितपुरतर्फ जाँदै गरेको बा.प्रदेश-०३-००१च १४६९ नं. को पिकअप गाडीमा एक हजार ६४० लिटर घरेलु मदिरा बरामद गरेको हो ।

घरेलु मदिरासहित पिकअप गाडी र गाडी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ का २५ वर्षीय सनमकुमार महतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । पक्राउ गरिएको घरेलु मदिरा दुई लाख ३४ हजार ५२० रुपैयाँको रहेको प्रहरीले जनाएको छ । यसैगरी जितपुर सिमरा उपमहानगरपालिका-२ बाट शनिबार १६० लिटर घरेलु मदिरा बरामद गरिएको प्रनाउ थापाले बताउनुभयो ।

ADVERTISEMENT

अमलेखगञ्जबाट जितपुरतर्फ जाँदै गरेको ना.२ह १२०५ नम्बरको अटोमा १६० लिटर घरेलु मदिरासहित अटो, अटो चालक तथा जितपुर सिमरा उपमहानगरपालिका २२ का २३ वर्षीय अमित घलानलाई नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताउनुभयो । नियन्त्रणमा लिइएको घरेलु मदिराको मोल २२ हजार ८८० रहेको बारा प्रहरीले जनाएको छ ।

यसैगरी आइतबार बिहान इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका-२ दौरवामा रक्सी भठ्ठी तथा रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । टोलीले घरेलु मदिरा बनाउने दुई हजार लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?