बारा । बारा प्रहरीले दुई लाख ५० हजार बढीको अवैध घरेलु मदिरा नियन्त्रणमा लिएको छ । जितपुर सिमरा उपमहानगरपालिका-३ स्थित ललका पुलमा शनिबार अमलेखगञ्जबाट जितपुरतर्फ जाँदै गरेको बा.प्रदेश-०३-००१च १४६९ नं. को पिकअप गाडीमा एक हजार ६४० लिटर घरेलु मदिरा बरामद गरेको हो ।
घरेलु मदिरासहित पिकअप गाडी र गाडी चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ का २५ वर्षीय सनमकुमार महतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो । पक्राउ गरिएको घरेलु मदिरा दुई लाख ३४ हजार ५२० रुपैयाँको रहेको प्रहरीले जनाएको छ । यसैगरी जितपुर सिमरा उपमहानगरपालिका-२ बाट शनिबार १६० लिटर घरेलु मदिरा बरामद गरिएको प्रनाउ थापाले बताउनुभयो ।
अमलेखगञ्जबाट जितपुरतर्फ जाँदै गरेको ना.२ह १२०५ नम्बरको अटोमा १६० लिटर घरेलु मदिरासहित अटो, अटो चालक तथा जितपुर सिमरा उपमहानगरपालिका २२ का २३ वर्षीय अमित घलानलाई नियन्त्रणमा लिइएको प्रनाउ थापाले बताउनुभयो । नियन्त्रणमा लिइएको घरेलु मदिराको मोल २२ हजार ८८० रहेको बारा प्रहरीले जनाएको छ ।
यसैगरी आइतबार बिहान इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको प्रहरी टोलीले बारागढी गाउँपालिका-२ दौरवामा रक्सी भठ्ठी तथा रक्सी बनाउने कच्चा पदार्थ नष्ट गरेको छ । टोलीले घरेलु मदिरा बनाउने दुई हजार लिटर कच्चा पदार्थ र ६० लिटर तयारी मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements