बाजुराबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे विजयी, एमालेका कर्णबहादुर थापा पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

बाजुरा । बाजुराबाट नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । पाण्डेले एमालेका कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्नुभएको हो ।

बुधबारबाट सुरुको मतगणनाको अन्तिम परिणाम अनुसार पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गर्नुभयो। उहाँका निकटतम् प्रतिद्वन्द्वी एमालेका स्थानीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज थापाले २६ हजार ३४९ मत पाउनुभयो ।

ADVERTISEMENT

०६४ पछि बाजुरामा कांग्रेले पहिलो पटक चुनाव जितेको छ । ०७० र ०७४ मा बाजुरामा एमाले चुनाव जितेपनि कांग्रेसका पाण्डेले कांग्रेसलाई कमब्याक गराउनुभएको हो ।

बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको ११ दिनपछि मात्रै मतगणना सुरु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?