निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियो धन्यवाद

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । सरकारले शान्तिपूर्ण रूपमा आम निर्वाचन ०७९ सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । मंगलबारको बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन एक चरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई समेत धन्यवाद दिएको छ ।

ADVERTISEMENT

बुधबार सरकार निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनलाई सफल पार्न सहयोग गर्ने मतदाता, राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम, सञ्चारकर्मी, नागरिक समाजलगायतलाई पनि धन्यवाद दिने निर्णय गरेको पनि जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज