पोर्चुगललाई हराउँदै दक्षिण कोरिया अन्तिम १६मा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले सनसनीपूर्ण जित निकालेको छ । एजुकेसन सिटी स्टेडियममा शुक्रबार राति दोस्रो हाफको अतिरिक्त समयमा दोस्रो गोल गर्दै दक्षिण कोरियाले पोर्चुगलविरुद्ध अग्रता बनाएको हो ।

दक्षिण कोरियाविरुद्ध खेलको ५ औं मिनेटमा रिकार्डो होर्ताले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

खेलको २६ औं मिनेटमा डिफेन्डर किम योङ ग्वान र ९० मिनेटपछि थप गरिएको समयमा सनको पासमा ह्वाङ हि चानले गोल गरे ।

ADVERTISEMENT

तर दक्षिण कोरियासँग समूह ‘एच’को अन्तिम खेलमा २(१ गोलको नतिजामा पराजित भए पनि पोर्चुगल समूह विजेता बनेको छ । दक्षिण कोरिया पनि उपविजेताको हैसियतमा नकआउट चरणमा पुगेको छ।

कोरियाले ३ खेलमा ४ अंक जोड्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *