शाहको ‘स्पन्दन’ विमोचन

Read Time = 3 mins

नेपालगञ्ज । गीतकार दिला शाहको गीति एल्बम ‘स्पन्दन’ विमोचन गरिएको छ । शाहकी आमा देवा शाहको सम्मानार्थ शुक्रबार नेपालगञ्जमा एल्वम विमोचन गरिएको हो । बास नेपाल र दिदीबहिनी समाज बाँकेको संयुक्त आयोजनामा लोकप्रिय गजलकार, साहित्यकार तथा गीतकार एवं रचनाकार दिला शाहको गीति एल्बम विमोचन गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य-सचिव सनत रेग्मीको आतिथ्यतामा एल्बम विमोचन गरिएको थियो । सो अवसरमा शिक्षाविद् किरण आचार्य, गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’, गैसस महासंघ केन्द्रीय सदस्य नमस्कार शाह, बास नेपालका निवर्तमान अध्यक्ष रमेश सिटौला, असल शासन मिडियाका प्रबन्धक किरण आचार्य, अप्टिमिस्ट क्लबका निर्देशक पूर्ण ढकाल, बास नेपालका केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्मा, केन्द्रीय कोषाध्यक्ष कल्पना अधिकारीलगायत अतिथि रहनुभएको थियो । कार्यक्रम दिदीबहिनी समाजका अध्यक्ष रमादेवी शाहको सभापतित्वमा सम्पन्न भएको थियो ।

लोकप्रिय गायक तथा संगीतकार सागर अधिकारी ‘शरद’ को संगीत रहेको एल्बममा तीनवटा गीत समाविष्ट गरिएको छ । एल्बममा ‘तिमीलाई सम्झेको पल’, ‘चिन्या छैन जान्या छैन’ र ‘नजाऊ टाढा कतै’ जस्ता गीत समाविष्ट छन् । सो अवसरमा ‘तिमीलाई सम्झेको पल गीति एल्बमको भिडियोसमेत देखाइएको थियो भने रचनाकार तथा साहित्यकार दिला शाहद्वारा आमा नामक गजल प्रस्तुत गरिएको थियो । त्यस्तै, संगीतकार तथा गायक अधिकारीले ‘नजाऊ टाढा’ गीत गाउनुभएको थियो । एल्बमको गीतमा गायिका अस्मिता अधिकारी र रचना रिमालको फिमेल भ्वाइस रहेको छ ।

ADVERTISEMENT

बास नेपालका स्रोत व्यक्ति मन भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बास नेपालकै केन्द्रीय उपाध्यक्ष शिवकुमार बर्माले स्वागत मन्तव्य राख्नुभएको थियो ।

गायक तथा संगीतकार अधिकारीले थुप्रै लोकप्रिय गीतसंगीत श्रोता÷दर्शकमाझ पस्किनुभएको छ । उहाँका धेरै गीत श्रोता÷दर्शकको रोजाइमा पर्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *