मुम्बई । ‘झलक दिखला जा १०’को उपाधि आठ वर्षीय गुञ्जन सिंहले चुम्नुभएको छ । आसामकी गुञ्जनले ट्रफीसँगै २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको हो । गुञ्जनसँगै टिभी अभिनेत्री रुबिना डिलाइक र फैसल शेख शीर्ष तीनमा हुनुहुन्थ्यो । रुबिना र फैसलको साथ र उत्प्रेरणाले आफूले यो सफलता प्राप्त गरेको गुञ्जनले बताउनु भएको छ ।
शोको क्रममा गुञ्जलनले हिप हप, लकिङ, ज्याजलगायत विभिन्न नृत्य गर्नुभएको थियो, जुन दर्शक र निर्णायकले मन पराएका थिए । विजेता बनेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै गुञ्जनले अब नृत्यसँगै पढाइ पनि अगाडि बढाउने बताउनुभयो । ‘शोको ट्रफी जित्न पाउँदा म धेरै खुशी छु । मेरो आमाबाबुले मप्रति गर्व महसुस गर्नुहुनेछ । यो भन्दा ठूलो के हुन सक्छ,’ उहाँले भन्नुभयो । एजेन्सी ।






