जबर्जस्ती करणी गरेको अभियोगमा लिम्बू पक्राउ

Read Time = 1 min

ओखलढुंगा । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् । प्रहरीले बलात्कार अभियोगमा मिक्लाजुङ गाउँपालिका–४ बस्ने ४० वर्षीय अरुणकुमार लिम्बूलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

ADVERTISEMENT

लिम्बूले ती महिलालाई ओखलढुंगा सिद्धिचरण नगरपालिका–११ मा गत ३ कात्तिकमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?