निर्वाचनको समीक्षा गर्न बसेको एकीकृत समाजवादीको बैठक जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आमनिर्वाचनपछि राष्ट्रिय दल बन्न संघर्षरत नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ । पार्टी मुख्यालयमा जारी केन्द्रीय सचिवालय बैठकमा ४ मंसिरमा सम्पन्न आमनिर्वाचनको परिणामसहितका विषयमा समीक्षा भइरहेको छ ।

राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत राष्ट्रिय दलको मान्यता पाउनेगरी नतिजा ल्याउँदा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाउन कटाउनुपर्ने तीन प्रतिशतको थ्रेस होल्ड पार गर्न संघर्षरत छ ।

ADVERTISEMENT

यही बेला बसेको सचिवालय बैठक चुनावी नतिजा, गठबन्धनको आवश्यकता, नयाँ सरकार गठनसहित शक्ति बाँडफाँटका विषयमा छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ । सम्मानित नेता झलनाथ खनाल, सचिव रामकुमार झाँक्रीसहित केही शीर्षनेता पराजित हुनु भएको छ । आफू पराजित हुनुमा कांग्रेसबाट धोका भएको खनालले प्रतिक्रिया सार्वजनिक गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *