फिटनेश र बोल्ड लुक्सका कारण चर्चामा दिशा पाटनी

Read Time = 1 min

मुम्बई । बलिउड अभिनेत्री दिशा पाटनी फिटनेश र आफ्नो बोल्ड लुक्सका कारण चर्चामा रहने गर्नुहुन्छ । पाटनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्नुहुन्छ । आफ्ना प्रशंसकहरूका लागि तस्वीर र भिडियोहरू सामाजिक सञ्जालमा राखिरहने पाटनीले हालै फिटनेससम्बन्धी भिडियो सार्वजनिक गर्नुभएको छ ।

उहाँ बेलाबेला आफ्ना थरिथरिका तस्वीर शेयर गरिरहनुहुन्छ र चर्चामा आउनुहुन्छ । यस्तै हालै सार्वजनिक गरेको भिडियोमा उहाँले जिममा किक बक्सिङ गरिरहेको देखिन्छ ।

ADVERTISEMENT

आफूलाई फिट एण्ड फाइन राख्नका लागि दिशा घण्टौंसम्म जिममा पसिना बगाउनुहुन्छ । उहाँको किक बक्सिङ देखेर प्रशंसकहरूले तारिफ गरेका छन् । चलचित्र ‘एमएस धोनी’बाट आफ्नो करियर सुरुवात गर्नुभएकी अभिनेत्री पाटनी छोटो समयमै बलिउडमा स्थापित हुनुभयो । दिशाको नाम अहिले बलिउडमा सफल अभिनेत्रीहरूका सूचीमा आउँछ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *