अभिनेता विक्रम गोखलेको निधन

Read Time = 1 min

मुम्बई । भारतीय अभिनेता विक्रम गोखलेको निधन भएको छ । उहाँको ८२ वर्षको उमेरमा शनिबार पुनेको एक अस्पतालमा निधन भएको हो । गोखले लामो समयदेखि अस्पतालमा भर्ना हुनुभएको थियो ।

ADVERTISEMENT

सन् १९४० मा जन्मिनुभएका गोखलेले भारतीय चलचित्रका साथै मराठी चलचित्र र टिभीमा पनि काम गर्नुभएको थियो । अभिनय विरासतमा पाउनुभएका गोखलेको बाबु चन्द्रकान्त गोखले मराठी उद्योगका प्रसिद्ध अभिनेता र गायक हुनुहुन्थ्यो । साथै उहाँकी हजुरआमा कमलाबाई गोखले भारतीय सिनेमाको पहिलो बाल कलाकार हुनुहुन्थ्यो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *