पोल्याण्डले साउदीलाई हरायो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

दोहा । फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह ‘सी’ को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ । एजुकेसन सिटी रंगशालामा शनिबार राती भएको खेलमा पोल्याण्डले साउदीलाई २-० गोलअन्तरले पराजित गरेको हो ।

पोल्याण्डको जितमा पिटर जिलेन्स्की र रोबर्ट लेवान्डोस्कीले एक/एक गोल गर्नुभयो । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी चुकाउनु साउदीका लागि महँगो साबित भयो । खेलको ४०औँँ मिनेटमा पोल्याण्डले पिटर जिलेन्स्कीको गोलमा अग्रता लियो । रोबर्ट लेवान्डस्कीले पेनाल्टी क्षेत्रभित्रबाट दिएको पासमा जिलेन्स्कीले गोल गर्नुभएको थियो ।

ADVERTISEMENT

४४औँँ मिनेटमा साउदीले पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । भिडियो एसिसेन्ट रेफ्रीले अल शेहरीलाई पेनाल्टी क्षेत्रभित्र लडाएको फलमा पेनाल्टी दिनुभएको थियो । तर, साउदीका लागि सलेम अल दोसारीले पेनाल्टी चुकाउनुभयो ।

खेलको अन्त्यतिर पेनाल्टी क्षेत्रअघि लेवान्डोस्कीले विपक्षी खेलाडीबाट बल खोस्दै वन भर्सेस वनको अवस्थामा दोस्रो गोल गर्नुभयो । ९०औँँ मिनेटमा लेवान्डोस्की दोस्रो गोलनजिक पुग्नुभएको थियो । एकल प्रयासमा डिफेन्डरलाई बिट गर्दै वन भर्सेस वनमा गोलरक्षक पार गर्नुभएका उहाँले फितलो प्रहार गर्नुभयो । यस नतिजासँगै समूहको नकआउट चरणमा पुग्ने समीकरण थप रोमाञ्चक बनेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?