मनाङमा समानुपातिकमा कांग्रेस पहिलो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

लमजुङ । मनाङको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मत परिणामअनुसार  संघमा कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ कांग्रेसले दुई हजार चार सय ३० प्राप्त गरेको छ। यस्तै, एमालेले दुई हजार एक सय ९१ मत प्राप्त गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय ४६ मत प्राप्त गरेको छ । माओवादीले एक सय ३३, जनता समाजवादी पार्टीले आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७६, राष्ट्रिय जनमोर्चाले दुई, मजदुर किसान पार्टीले चार, एकीकृत समाजवादी पार्टीले १७, जनमत पार्टीले तीन, हाम्रो नेपाली पार्टीले चार, पुनर्जागरण पार्टी नेपालले एक, नागरिक उन्मुक्ति पार्टीले ५७, मङ्गोल नेशनल अर्गनाइजेनशनले चार, नेपाल जनता पार्टीले दुई मत प्राप्त गरेको छ।

सामाजिक एकता पार्टी, नेकपा समाजवादी र नेपाल दलित पार्टीको एकल चिह्न गितारमा १०, आमूल परिवर्तन मसिहा पार्टीले एक भोट ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

प्रदेशसभा समानुपातितर्फ एमाले पहिलो पार्टी बनेको छ । एमालेले दुई हजार एक सय ६२ मत पाएको छ। कांग्रेसले एक हजार ६ सय ५०, माओवादीले नौ सय चार मत पाएको छ ।

जसपाले ६, राप्रपाले ६३, नेकपा एकीकृत समाजवादीले १२, नागरिक उन्मुक्ति पार्टी १३, नेकपा (माले) २१, मङ्गोल नेशनल अर्गनाइजेशनले आठ, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक, एकल चिह्न गितारले ११ भोट र एकल चिह्न ‘आमाले बच्चा समाएको’ ले एक भोट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज