स्याङ्जा १ (२) मा नेकपा एमालेका सुधीर पौडेल विजयी

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नं १ (२) बाट नेकपा एमालेका उम्मेदवार सुधीर पौडेल विजयी हुनुभएको छ । उहाँले १७४४१ मत प्राप्त गरेर गण्डकी प्रदेश सभा सदस्यमा विजय हासिल गर्नुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका उम्मेदवार बुद्धिबहादुर राना कुमारले १७४३५ मत प्राप्त गर्नुभएको थियो । उहाँहरुका बिचमा जम्मा ६ मत अन्तर रहेको छ ।

ADVERTISEMENT

नेकपा एमालेका पूर्व जिल्ला सचिव तथा नेकपा एमाले गण्डकी प्रदेशका सचिवालय सदस्य रहेका पौडेलले झिनो मतान्तरका साथ गण्डकी प्रदेशसभाको यात्रा तय गर्नुभएको छ । उहाँ आँधीखोला गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

जितपछि बोल्दै पौडेलले आफूले प्रदेश सभामा स्याङ्जा जिल्लाको विकासका लागि काम गर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार चाहिन्न भन्ने मानसिकता बढ्दै गएको बेलामा सङ्घीयता कार्यान्वयनमा स्थानीय तहपछिको सरकारको भूमिका महत्वपूर्ण रहने बताउँदै प्रदेश सरकार आवश्यक छ भन्ने कुरामा आफूले भूमिका खेल्ने समेत बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज