स्याङ्जाको काजिमान हरिटीका माविमा विज्ञान प्रदर्शनी

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । स्याङ्जाको काजिमान हरिटीका माध्यमिक विद्यालयमा बृहत् विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । बिहिबार भएको विज्ञान प्रदर्शनीमा काजिमान माविका विद्यार्थीहरुले विज्ञान र प्रविधिसँग सम्बन्धित विभिन्न सामग्री र प्रोजेक्टहरु प्रस्तुत गरेका थिए ।

उक्त मेलामा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले पुतलीबजारका सबै स्कुलले काजिमानको विज्ञान प्रदर्शनीबाट सिक्नुपर्ने बताउँदै काजिमानका विद्यार्थीका प्रस्तुतिहरुबाट आफू प्रभावित भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालका प्रधानाध्यापक ऋषिराम शर्माले विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुको उत्साहपूर्ण सक्रियता चासो र रुचिले आफूलाई पनि उत्साहित बनाएको बताउँदै वातावरण पाए विद्यार्थीले गर्न सक्छन् भन्ने प्रमाणित भएको बताउनुभयो ।

ADVERTISEMENT

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई अनुप श्रेष्ठले अवसर पाए सरकारी विद्यालयका विद्यार्थी पनि महान् वैज्ञानिक बन्न सक्ने बताउँदै काजिमानका विद्यार्थीका प्रस्तुतिहरुले आफूलाई निकै खुसी बनाएको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य सोम कुँवर, स्थानीय समाजसेवी कुमबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका विद्यार्थीद्वय खुसी पौडेल र प्रोमिस ढकालले गरेक थिए ।

उक्त प्रदर्शनीमा पुतलीबजार नगरपालिकाका एक दर्जनभन्दा बढी विद्यालयका करिब ५ सय भन्दा बढी विद्यार्थीहरुले २६ वटा स्टल अवलोकन गरेका थिए । विज्ञान प्रदर्शनीका लागि रोबोटिक्स क्लब पश्चिमाञ्चल इन्जिनियरिङ कलेजले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *