पहिरोपीडितलाई आर्थिक सहयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता

स्याङ्जा । पहिरोले घर पुरिँदा ज्यान गुमाएका परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले आर्थिक सहयोग प्रदान गरेको छ ।

गएराति फेदीखोला गाउँपालिका-५ बाङ्गेमा पहिरोले घर पुरिँदा आमा ३१ वर्षीया दुर्गा जिसी र उहाँकी तीन वर्षीया छोरी निसिकाको मृत्यु भएको थियो ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिग्राम शर्मा, जिल्ला अस्पतालका चिकित्सकसहितको टोली घटनास्थल पुगरे रु १५ प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी नेपालले पीडित परिवारलाई सङ्घीय सरकारबाट प्रदान गरिएको रकम हस्तान्तरण गर्नुभएको हो ।

प्रहरी उपरीक्षक शर्माले पीडित परिवारलाई थप सहायता रकम प्रदान गरिने जानकारी दिँदै  आमाछोरीको शव परीक्षणपछि उनीहरुका आफन्तलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । पहिरोले ढुङ्गा, माटो र जस्तापाताले छाएको एकतले घर र घरनजिकै रहेको गोठ पुरिएको थियो । पहिरामा परी एउटा भैँसी पनि मरेको प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज