स्याङ्जा १ मा नेपाली काङ्ग्रेसका राजु थापा विजयी

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 1 min

स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नं १ बाट नेपाली काङ्ग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएको छ । उहाँले ३१९९९ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायण मरासिनीले २८७४४ मत प्राप्त गर्नुभएको थियो ।

नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति समेत रहेका संविधानसभा सदस्य तथा विजेता उम्मेदवार राजु थापाले जितपछि बोल्दै कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नका लागि आफूले संसदमा भूमिका खेल्ने बताउनुभयो ।

ADVERTISEMENT

उहाँले स्याङ्जालाई कृषि र पर्यटनको माध्यमबाट संवृद्धितिर लैजान सकिने बताउँदै जनताहरुको परिवर्तनको चाहनालाई पुरा गर्न आफू दिनरात खटिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज