नवलपरासी । नवलपरासी पश्चिम-१ बाट नेपाली कांग्रेसका विनोद चौधरी निर्वाचित हुनुभएको छ । बिहीबार राति आएको मत परिणाम अनुसार चौधरीले २९ हजार ४९५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।
तेस्रो स्थानमा रहनुभएका नेपाल स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले १२ हजार ४९९ मत प्राप्त गर्नुभएको छ । त्रिपाठीलाई नेकपा एमालेको साथ थियो ।






