कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव छैन : अध्यक्ष नेपाल

Read Time = 2 mins

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता सम्भव नरहेको बताउनु भएको छ। बुधबार रौतहटमा आयोजित विजय र्‍यालीमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताउनु भएको हो ।

उहाँले भन्नुभाये,  'सिद्धान्त र आदर्शको निम्ति अगाडि बढ्न चाहेका हुन् भने वाम एकता सम्भव छ ।  तर वाम कम्युनिष्टका नाममा गलत प्रवृत्ति बोकेर हिँड्नेहरूसँग एकता हुन सक्दैन ।'

नेपाल रौतहट १ बाट विजयी हुनु भएको छ । उहाँ३३ हजार पाँच सय २२ मतसहित निकटतम प्रतिद्वन्द्वी एमालेकै अजयकुमार गुप्तालाई फराकिलो मतान्तरले पछि पार्दै विजयी हुनु भएको हो ।

ADVERTISEMENT

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी निर्माण गर्नुभएका नेपालले यसपटक निर्वाचनमा आफूहरूले सोचे जस्तो परिणाम नआएको बताउनु भयो । यद्यपि निर्वाचनका क्रममा भएका कमीकमजोरीलाई समीक्षा गरेर अघि बढ्नुपर्नेसमेत अध्यक्ष नेपालले बताउनु भयो ।

हालसम्को निर्वाचन परिणामलाई हेर्दा एकीकृत समाजवादीको अवस्था नाजुक छ । प्रतिनिधिसभामा ३ स्थानमा विजयी बनेको समाजवादी ७ स्थानमा अग्रता लिएको छ । समानुपातिकमा ४०६७८ मत बटुलेको समाजवादीलाई राष्ट्रिय पार्टी बन्न झनै मुस्किल हुनसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *