खोटाङ । प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘ख’मा भुपेन्द्र राई विजयी हुनुभएको छ । गठबन्धन (नेपाली कांग्रेस)का उम्मेदवार राईले निकटतम प्रतिद्धन्दी एमालेका उम्मेदवार राम प्रसाद दंगाललाई २ हजार १४० मतले पछि पार्दै विजयी हुनुभएकाे हाे ।
मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत बुधबार राती मुख्य निर्वाचन अधिकृत (जिल्ला अदालत)को कार्यालयमा ३३ हजार ४०९ मतगणना हुँदा गठबन्धनका उम्मेदवार राईले १६ हजार ४९६ मत पाउनु भएको छ । एमालेका उम्मेदवार दंगालले १४ हजार ३५६ मतमा चित्त बुझाउनु परेको छ । १ हजार ९९ मत बदर भएको छ ।
राई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा प्रदेश १ कार्य समितिका महामन्त्री हुनुहुन्छ । कांग्रेसको छैंटौ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएका राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसवाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
कांग्रेसको सातौ जिल्ला अधिवेशनबाट पुनःमहाधिवेशन प्रतिनिधि चुनिएका राईलाई खोटाङ कांग्रेसमा गोल्ड मेडलिष्ट भन्ने गरिन्छ । राईलाई विकास निर्माण र जनताका दुःख सुखका सहयात्री भनेर चिन्ने गरिन्छ ।
यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार प्रेमकुमार राईले ८३९, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार विमला राईले ९८, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार ध्यान प्रसाद ढकालले ९८, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका उम्मेदवार सुवास राईले २८६ मतपाएका छन् । प्रदेश ‘ख’मा कूल ३३ हजार ४८० मत खसेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts