स्याङ्जा क्षेत्र नं १ मा कांग्रेसका थापाको अग्रता कायमै

युवराज पौडेल स्याङ्जा, संवाददाता
युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । स्याङ्जा जिल्लाको क्षेत्र नं १ मा नेपाली कांग्रेका उम्मेदवार राजु थापाले प्रारम्भबाटै अग्रता लिइरहनुभएको छ । उहाँका प्रतिस्पर्धी नारायण मरासिनीले थापालाई पछ्याइरहनु भएको छ ।

स्याङ्जा क्षेत्र नं १ मा ७१२७३ मत खसेकोमा गणना भएको २३ हजार ६ सय ३८ मध्ये १४ हजार २ सय ०६ मत काङ्ग्रेसका उम्मेदवार राजु थापाले प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार नारायण मरासिनीले ११ हजार ८ सय ९४ मत प्राप्त गर्नुभएको छ । राजु थापाले २३१२ मतले अग्रता हासिल गर्नुभएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बोधराज रेग्मीले २०४१ मत ल्याउनुभएको छ ।

ADVERTISEMENT

बुधबार साँझसम्म पुतलीबजार नगरपालिका १, २, ७, ८, ९, १०, ११, १२ वालिङ नगरपालिका ३ र ४, भीरकोट नगरपालिका १, २, ३, ४, बिरुवा गाउँपालिका १, २, ३, ४, ५, ६, ७, ८ र हरिनास गाउँपालिका १, २, ३, ४, ५ सम्मको मतगणना सकिएको छ । हरिनाश गाउँपालिका सकिएपछि अर्जुनचौपारी गाउँपालिकाको गणना हुने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज