ताप्लेजुङबाट एमाले सचिव भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा विजयी हुनु भएको छ । ताप्लेजुङबाट उम्मेदवार बनेका उहाँले माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई पराजित गर्नुभएको हो ।

भट्टराईले २१ हजार नौ सय ४३ र बुढाक्षेत्रीले २१ हजार सात सय ३५ मत पाउनु भएको छ। मतगणना सकिए पनि वियजी हुने उम्मेदवारको औपचारिक घोषणा भने गरिएको छैन ।

ADVERTISEMENT

बुढाक्षेत्रीलाई सत्ता गठबन्धनको समर्थन थियो । भट्टराई २०७४ मा पनि ताप्लेजुङबाटै निर्वाचित हुनु भएको थियो । त्यसअघि दुईवटा निर्वाचनमा उहाँ काठमाडौं ६ बाट पराजित हुनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *