सप्तरी क्षेत्र नम्बर ३ र ४ मा कांग्रेसको अग्रता कायमै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

सप्तरी । सप्तरी क्षेत्र नम्बर ३ र ४ मा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेश कुमार यादवले  ६ हजार १९ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ । नेपका एमालेका ताराकान्त चौधरी ३ हजार १ सय ११  मत प्राप्त गरी दोस्रो स्थानमा र जनमत पार्टीका अनिस अंसारी तेस्रो स्थानमा रहनुभएको छ ।।

ADVERTISEMENT

सप्तरी क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजु लाल चौधरीले २ हजार २ सय २५ मत प्राप्त गरी अग्रता कायम राख्नुभएको छ । यहाँ जसपाका बालकिशोरले १ हजार २ सय ३० मत प्राप्त गरी दोस्रो स्थानमा हुनु हुन्छ भने जनमत पार्टीका सुकदेव साहले ९ सय १८ मत प्राप्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज