उदयपुर । उदयपुरको निर्वाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी २५ मतले अघि हुनुहुन्छ। ४ हजार एक सय ३० मत गणना हुँदा रायमाझीले १ हजार २ सय ३६ मत पाउनु भएको छ ।
उहाँलाई पछयाउँदै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १ हजार २ सय ११ मत पाउनु भएको । सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका उपमहासचिब जगनाथ खतिवडाले ९ सय ७७ मत पाउनु भएको छ । त्यहाँ ४५ हजार २०३ मत खसेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता