कञ्चनपुर २ मा कांग्रेसका एनपी साउदलाई सुरुवाती अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौ । कञ्चनपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार एनपी साउदले सुरुवाती अग्रता लिनुभएको छ । कृष्णपुर नगरपालिकाको १ नम्बर वडाको मत गणना सम्पन्न हुँदा साउदले ११८ मतले अग्रता लिनुभएको हो ।

उक्त वडामा खसेका ३ हजार २ सय मध्ये साउदले १ हजार ३२७ मत पाउनु भएको छ। उहाँका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीले १ हजार २०९ मत ल्याउनु भएको छ ।

ADVERTISEMENT

२०७४ को निर्वाचनमा पनि साउद र धामीबीच प्रतिष्पर्धा भएको थियो । उक्त निर्वाचनमा धामीसँग साउद पराजित हुनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज