नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ मा २ हजार ४ सय ४८ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले ८ सय ६५ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले पच्छयाई रहनुभएको छ । त्रिपाठीले ६ सय ३३ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घण्टी चुनाव चिह्न भएका राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार महेन्द्र सेन ठकुरीले ४ सय ४५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेवार भोजराज ढकालले भने १ सय ४२ मत प्राप्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री अजयबहादुर शाहीले भने हालसम्म १ मत मात्रै प्राप्त गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts