बाजुरामा माओवादीले गर्‍याे कांग्रेसलाई भोट नहाल्ने निर्णय

मान बहादुर बिश्वकर्मा कालिकोट
मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 4 mins

बाजुरा । नेकपा माओबादी केन्द्रले प्रतिनिधी सभामा नेपाली कांग्रेसलाई भोट नहाल्ने जनाएको छ ।

सत्तारुढ बाम लोकतान्त्रीक गठबन्धनमा रहेर नेपाली कांग्रेसले धोका दिएको भन्दै माओवादीले कांगस्रेसँंग सहकार्य नगर्ने निर्णय गरेको नेकपा माओबादी केन्द्र समन्वय समिति बाजुराका सचिव रमेश बिकले बताउनुभयो ।

नेपाली कांग्रेस बाजुराले प्रदेश (क) मा एकीकृत समाजवादीका उम्मेदवारलाई बोकेर हिडे पछी आफूहरु कुनै गठबन्धनमा नरहेको बिकले सञ्चारमाध्यमहरुलाई जानकारी दिनुभयो ।

प्रतिनिधी सभामा आफ्नो कुनै पनि उम्मेदवार नभएकोले नो भोट हुँने अथवा आफ्नो तरिकाले मतदान गर्ने बताउनुभयो । प्रदेश निर्वाचन क्षेत्र (क) मा हाम्रै उम्मेदवार रहेका र प्रदेश निर्वाचन क्षेत्र (ख) मा साथीहरुलाई आफ्नै स्वविवेक प्रयोग गर्न भनिएको उहाँले बताउनुभयो ।
“हामी एक्लै चुनावमा छौं हाम्रो उम्मेदवार भन्दा अरु कसैलाई मत माग्दैनौ उहाँले भन्नुभयो” । नेकपा माओबादी केन्द्रको ६ हजार भन्दा बढी मत हुदाँ कांग्रेसले नेकपा माओबादी केन्द्रलाई नबोकेर एक हजार मत भएको समाजबादीलाई बोकेर जान्छ भने हामीले किन सहयोग गर्ने नेकपा माओबादी केन्द्र सुदुरपश्चिम प्रदेश कमिटि सदस्य तथा जिल्ला सह ईन्चार्ज महेश शाहीले बताउनुभएको छ ।
नेपाली कांगेसले एकीकृत समाजबादीलाई बोकेर हिडेका कारण नेकपा माओबादीले बाम लोकतान्त्रीक गठबन्धनबाट बाहिरिनु परेको शाहीले बताउनुभयो ।

ADVERTISEMENT

नेपाली कांग्रेस बाजुराले उम्मेदवारी दर्ताको दिन बाजुरा प्रदेश (क) मा गठबन्धन बाट माओवादी केन्द्रका कर्णबहादुर बिक उम्मेदवार रहेको भन्दै सामाजिक सञ्जालमा तस्बीर सार्वजनिक गरेको थियो । कर्णबहादुर बिकको उम्मेदवारी दर्तामा कांग्रेसले साथ पनि दियो ।
उम्मेदवारी दर्ताको अन्तिम समयमा प्रदेश (क) मा नेकपा एकीकृत समाजवादीका नरेश शाहीले समाजवादी पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभयो । शाहीको उम्मेदवारी दर्ता भएको केही दिनसम्म गठबन्धनका उम्मेदवार बिक कांग्रेसले भनिरहँदा त्यो धेरै समय टिकेन ।

उम्मेदवारी दर्तामा कर्ण बिकलाई साथ दिएको कांग्रेस अहिले चुनावी प्रचारप्रसारमा नरेश बहादुर शाहीलाई सहयोग गरेको छ ।
शाहीको चुनावी सभामा बाजुरा कांग्रेसले सघाइरहेको छ । कांग्रेस बाजुराका सचिब भरत बहादुर रोकायाले बाजुरामा कांग्रेसले नरेश शाहीलाई समर्थन गरिसकेको बताउनुभयो । केन्द्रबाट भने बाजुराको प्रदेश (क) मा गठबन्धनको साझा उम्मेदवार कर्णबहादुर बिकलाई नै तोकेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज