गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न चार दलको आग्रह

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । बाम लोकतान्त्रीक गठबन्धन दाङले आगामी ४ गते हुदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवाहरुलाई मतदान गर्न दाङवासीलाई आग्रह गरेका छन् ।

बाम–लोकतान्त्रीक गठबन्धनमा आबद्ध नेपाली काग्रेसका सभापती शंकर प्रसाद डाँगी, नेकपा माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्य, नेकपा एकिकृत सामाजवादीका अध्यक्ष शुरामणी वेलबासे र राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले आज संयुक्त विज्ञप्ती निकालेर संविधानको रक्षा, स्थिरता र समृद्धिका लागी गठबन्धनका साझा उम्मेदवारलाई मतदानगर्न आग्रह गर्नुभएको हो ।

प्रतिनिधि सभा पटक पटक विघटन पश्चातमुलुक अहिले संविधान र समावेशी लोकतान्त्रिक गणतन्त्रको पक्षधर शक्ति र यस्को विरोधीशक्तिका रुपमाविभाजीतभएको भन्दै विज्ञप्तीमा संविधान र समावेशी लोकतन्त्रको पक्षधरलाई मतदानगरि विजयी गराउन आग्रह गरिएको छ ।

ADVERTISEMENT

बाम लोकतान्त्रीक गठबन्धनले प्रतिनिधि सभातर्फ दाङ क्षेत्र न १ का साझाउम्मेदवार मेटमणी चौधरीलाई कलम चिन्हमा, क्षेत्र नम्बर २ का उम्मेदवार रेखा शर्मालाई गोलाकार भित्रको हँसिया हथौडामा, क्षेत्र नम्बर ३ का उम्मेदवार दिपक गिरीलाई रुख चिन्हमा छाप लगाउन आग्रह गरेको छ ।

त्यस्तै प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (१)मा इन्द्रजीत थारुलाई गोलाकार भित्रको हँसियाह थौडा चिन्हमा, १९२० मा अनुराग खड्कालाई रुख चिन्हमा, २(१) मा राजु खनाललाई रुख चिन्हमा, २(२) मा प्रचण्ड विक्रम न्यौपाने गुन्टुलाई रुख चिन्हमा, ३९१० का डिल्ली बहादुर चौधरीलाई रुख चिन्हमा र ३ (२) माधनबहादुर मास्की (राजेश) लाई गोलाकार भित्रको हँसियाह थौडामा मतदान गर्न आग्रह गरेको छ ।

“गठबन्धनका साझा उम्मेदवारलाई निर्वाचित गराउनका लागि अहोरात्र खट्न एवं मतदान गर्न गठबन्धका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत दाङवासी जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।” विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *