काठमाडौं । नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । दुबईमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनिको फाइनलमा रोशनले आयोजकलाई ७-० ले पराजित गर्नुभयो । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराउनुभएको थियो ।
पुरुष ८४ केजीमुनिको फाइनलमा अमिरले आयोजकलाई नै ८-० ले पाखा लगाउनुभयो । स्वर्ण भिडन्तअघि अमिरले भारतीय खेलाडीलाई पन्छाउनुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा