गाउँघर डुल्दैमा व्यस्त भोजपुरका उम्मेदवार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

निरोज कोइराला/हिटा
भोजपुर । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका उम्मेदवारहरू भने गाउँघरमा नै व्यस्त देखिएका छन् । सदरमुकाम र आसपासमा भन्दा पनि अहिले दलका साथै स्वतन्त्र रूपमा निर्वाचनमा होमिएका उम्मेदवारहरू आफ्ना भावी चुनावी एजेण्डासहित गाउँघर डुलिरहेका छन् ।

भोजपुरमा प्रतिनिधिसभा सदस्यका लागि १२ जना, प्रदेशसभा (क) का लागि सातजना र प्रदेशसभा (ख) मा ६ जना गरी २५ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि भोजपुरमा गठवन्धन दलले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँती, एमालेले स्थायी कमिटी सदस्य शेरधन राई, नेपालका लागि नेपाली पार्टीबाट डा. सुरेश बस्नेत, मंगोल नेसनल अर्गनाइजेसन चन्द्रप्रसाद राई, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल ऋषिधन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी जितेन्द्र घले, जनता समाजवादी पार्टीका ध्रुव छाङ्छा, दुमिहाङ राई, राष्ट्रिय स्वतन्त्र पार्टी सनम छिरिङ शेर्पा, हाम्रो नेपाली पार्टी रमेशप्रसाद ओझा र स्वतन्त्रबाट शक्तिराज राई, महेश योञ्जन, दिलीपकुमार खतिवडा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यस्तै, प्रदेशसभा (क) तर्फ गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का सचिव तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, एमालेबाट केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज हरिबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टी फुर्वा दोर्ची शेर्पा, मंगोल नेसनल अर्गनाइजेसन अनिल राई, हाम्रो नेपाली पार्टी लक्ष्मीप्रसाद अधिकारी, जनता समाजवादी पार्टी मणिराज राई हुनुहुन्छ । स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका कांग्रेसका उत्तमकुमार चापागाईंले भने आफू निष्क्रिय हुँदै गठबन्धन दलका उम्मेदवारलाई समर्थन गर्नुभएका छन् ।

ADVERTISEMENT

यता, प्रदेशसभा (ख) तर्फ गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति विनोद राई, एमालेबाट प्रदेश कमिटी सदस्य खड्गबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टी केशरबहादुर श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट भरतकुमार ताम्राकार, जनता समाजवादी पार्टीबाट आशाकुमार राई चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ भने कांग्रेसबाट स्वतन्त्र उम्मेदवार बन्नुभएका सूर्यप्रसाद राईले आफू निष्क्रिय हुँदै गठबन्धन दलका उम्मेदवारलाई सहयोग गर्ने उल्लेख गर्नुभएको छ ।

निर्वाचनमा उम्मेदवारसहित अन्य नेता कार्यकर्ताहरू आफनो पक्षमा मतदाता तान्नका लागि अहिले मतदाताको घरदैलोका साथै खेतबारीमा समेत पुगिरहेका छन् । मतदाता खुसी बनाउन सबैले आ-आफ्ना भावी एजेण्डाहरू अघि सारेका छन् । प्रमुख रूपमा स्वास्थ्य, शिक्षा, रोजगार, सडकलगायत विषयहरू उम्मेदवारका चुनावी एजेण्डा बनेका छन् ।

भोजपुरमा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि एक लाख २३ हजार ३७९ जना मतदाता सहभागी हुनेछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ८७ वटा मतदात स्थल र १५७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?