आर्सनललाई ५ अंकको अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आर्सनलले उल्भ्समाथि २-० को जितसहित इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा ५ अंकको अग्रता लिएको छ ।

शनिबार सम्पन्न खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-१ को नतिजा सुम्पिएसँगै आर्सनलसामु अग्रता बढाउने अवसर जुरेको थियो । माइकल अर्टेटाको टोली सो अवसरको सदुपयोग गर्न सफल भयो ।

ADVERTISEMENT

५५औ मिनेटमा मार्टिन ओडीगार्डले गरेको गोलमा आर्सनलले अग्रता लिएको थियो । ७५औं मिनेटमा ओडीगार्डले आर्सनलको अग्रता दोब्बर पारेका थिए ।

आर्सनल १४ खेलमा ३७ अंकसहित शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको सिटीभन्दा ५ अंक बढी हो । जारी सिजन आर्सनल प्रिमियर लिगमा उत्कृष्ट लय कायम राख्ने क्रममा १३ मध्ये १४ खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । एक खेलमा भने आर्सनल पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?