म्याग्दीमा ‘संगीतमय’बन्दै चुनावी सभा : भोट तान्न स्थानीय एजेण्डा

Read Time = 6 mins

ध्रुवसागर शर्मा/हिटा
म्याग्दी । मंसिर ४ अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब केबल सात दिनमात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव बनेको छ । गाउँगाउँमा आयोजित चुनावी सभाहरू संगीतमय बन्दै गएका छन् भने उम्मेदवार र राजनीतिक दलका नेताहरूले राष्ट्रिय एजेण्डाभन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन् ।

आयोजित आमसभामा उल्लेखनीय जनसहभागिता नभएपछि राजनीतिक दलले सांगीतिक कार्यक्रममार्फत माहोल बनाउने र मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका छन् । मतदानमा सहभागी हुने दिन नजिकिँदै जाँदा वडास्तरमा भइरहेका सभाहरूमा उम्मेदवारले मतदातालाई गीतसंगीतबाटै विश्वासमा लिने प्रयास गरिरहेका छन् । कलकारहरूको टोलीसहित उम्मेदवारहरू वडामा पुग्न थालेपछि चुनावी माहोल तात्दै गएको छ ।

शहर-बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनक छाएको छ । चुनावी आमसभामा मतदातालाई आकर्षित गर्न दलहरूले कलाकारको टोली नै लिएर हिँडेका छन् । आफ्नो पार्टीमा आस्थावान् कलाकारहरू बोकेर चुनावी सभामा पुगेपछि मतदाताको जमघटसमेत बढेको छ । आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारहरूले गाउँठाउँको विकासमा केन्द्रित हुन पार्टीलाई भोट हाल्नसमेत आवाहृन गर्ने गरेका छन् ।

नेकपा एमाले र पाँच दलीय गठबन्धनले गीतसंगीतसँगै चुनावी अभियनलाई प्राथमिकता दिएको छ । भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले सांगीतिक कार्यक्रममार्फत् चुनावी सभाको माहोल बनाएको एक नेताको भनाइ छ । प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन गीतसंगीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवारसमेत उत्साहित भएका छन् ।

ADVERTISEMENT

गठबन्धनले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने नेकपा एमालेले चुनावी खर्चमै समेटेको छ । नाटक र अन्य अभिनयबाट अन्यदललाई आरोप लगाउन नपाइने भएकाले अनुगमनसमेत गरिने निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । निर्वाचन आयोगले स्थानीयतह निर्वाचन आचारसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मान हानी हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न/नगराउन नहुने’ व्यवस्था गरेको छ ।

स्थानीय एजेण्डामा केन्द्रित उम्मेदवार
पाँच वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद्मा पठाउने भएकाले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको महŒव बढी हुन्छ  । संघीयता लागू भएसँगै संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्र, काम, कर्तव्य र अधिकार तोकिएको छ । तर, निर्वाचन जितेपछि सांसद बनेर देशको सुशासन र विकास निर्माणको गतिलाई उचाइमा पुर्‍याउनुपर्ने उम्मेदवारहरूले उठाएका एजेण्डा भने स्थानीय निर्वाचनका लागि वडा अध्यक्षले उठाउने एजेण्डाजस्ता देखिएका छन् ।

विशेषगरी संघीय कानुन बनाउने, सरकारलाई सचेत र जिम्मेदवार बनाउने तथा केन्द्रीय बजेट निर्माण र संसदीय सुनुवाइलगायतमा सहभागी हुने काम प्रतिनिधिसभा सदस्यको भए पनि उम्मेदवारहरूले ग्रामीण सडक, पर्यटन, शिक्षा, पदमार्ग, सडक स्तरोन्नति, स्वास्थ्यलगायत क्षेत्रका काम गर्ने भन्दै चुनावी सभाहरूमा तथा घरदैलोमा मतदातासँग भोट मागिरहेका छन् ।

प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्ररहेको म्याग्दीमा प्रतिनिधि सभातर्फ नेकपा एमालेको तर्फबाट हरिकृष्ण श्रेष्ठ र पाँचदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *